Logo

सिंचाई डिभिजनका सब–इन्जिनियरमाथि अख्तियारको मुद्दा



काठमाडौं, २ भाद्र । जलश्रोत तथा सिंचाई विकास डिभिजन, बाराका सव–इन्जिनियर गजेन्द्र प्रसाद जायमाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । जायसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुसमागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई अनुसन्धान गर्दा जायले सेवागा्रहीसँग ८० हजार घुस माग गरी अर्को व्यक्तिबाट लिन लगाएको पु्ष्टि भएको थियो । उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्