Logo

ललाईफकाई डेरामा राखी बलात्कार गर्ने पक्राउ



काठमाडौं, २ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा लिल बहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुरकी ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका बस्दै आएका उदयपुर घर भएका मगर पक्राउ परेका हुन् ।

महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाईफकाई आफ्नै डेरा कोठामा राखी पटक पटक जबरजस्ती करणी गरेका मगरलाई प्रहरी वृत्त महाराजगंजमा खटिएको प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा बुझाएको जनाएको छ ।

त्यस्तै मकवानपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिकाका एक किशोर पक्राउ परेका छन् । बालिकालाई गत असार २३ गते बिहान आफ्नै घरमा जबरजस्ती करणी गरेका किशोरलाई पालुङबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्