Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, २ भाद्र । अवैध लागूऔषध सहित प्रणक शर्मा सोमबार दिउँसो पक्राउ परेका छन् । बिराटनगर सूर्य बस्तीबाट अवैध लागूऔषध १० बोतल सफिटस(डी र ३९ चक्की एभिल सहित शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट उक्त लागूऔषध लिई आइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी धनगढी उपमहानगरपालिकाबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पृथ्बी खड्का र अनुराग मल्ल रहेका छन् । उक्त लागूऔषध र से.६ प ७८९ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै कन्चनपुरको बेलौरी नगरपालिका सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने वस्तु करिब १० ग्राम ८ सय ३० मिलीग्राम सहित २ जना सोमबार पक्राउ परेका छन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले से.७ प १४०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कैलाली धनगढी उपमहानगरपालिकाका अनमोल शाह र मोटरसाइकलमा सवार जयराज रानाको साथमा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्