बाहुबली बनेर करौडौ दर्शकको मन जित्न सफल प्रभासको फिल्म ‘आदिपुरुष’ को घोषणा भएको छ । जसमा दर्शक र साथीहरु खुशी भएका छन् । नराम्रो माथि राम्रोको जित मा आधारित यो फिल्ममा प्रभासलाई त्यो रुपमा दर्शकले देख्नेछन् जुन दर्शकले मन पराएका छन् ।
यस बहुप्र्रतिक्षित फिल्मका निर्देशन ओम राउतले गर्नेछन् । उनले निर्देशन गरेको फिल्म ‘तान्हाजीः द अनसँग वारियर’ ले २०२० मा सर्वाधिक रकम जम्मा गरेको थियो । यो फिल्ममा करौडौको लगानी हुनेछ । हिन्दी र तेलुगु भाषामा बन्ने निर्माण हुने भएको छ । यो ड्रि–डि एक्सन ड्रामा फिल्मसँग जोडिएको यो फिल्मको निर्माता भुषण कुमार बतौर हुन् ।
कोरोना भाइरसको कारण सुर्टिङमा समस्या भएको भन्दै भुषण कुमारले यो फिल्म २०२१ जनवरीमा सुर्टिङ सुरु गरेर २०२२ मा कुनै ठुलो चाडलाई लक्षित गरेर ‘आदिपुरुष’ रिलिज गर्ने बताएका छन् ।