Logo

राष्ट्रकवि घिमिरेकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ : प्रधानमन्त्री ओली



काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र कवि माधवप्रसाद घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यैपनि नभुल्ने विश्वास दिलाएका छन् ।

राष्ट्रकवि घिमिरेको आज (मंगलबार) साँझ १०२ वर्षको उमेरमा निधन भएको हो । घिमिरेको काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको हो ।

यस्तो छ घिमिरेको निधनप्रति प्रधानमन्त्री ओलीले गरेको टिव्ट :

‘राष्ट्र कवि माधवप्रसाद घिमिरेकाे १०२ बर्षकाे उमेरमा आज दुःखद निधन भएकाे छ । उहाँकाे अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ। साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्। शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शाेक सन्तप्त परिवार र आफन्तजनमा गहिराे समवेदना व्यक्त गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्