Logo

बाबुको मुख हेर्ने दिनको महत्व



आफ्नो बाबुलाई सम्मान दिने दिन हो कुशे औंसी । नेपालमा कुशेऔंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमावस्य औंसीको दिन पिता दिवस (बाबुको मुख हेर्ने दिन) मनाउदै आएको छ । यस दिनमा बुवाको मुख हेर्ने अर्थात बुबा दिवसको रुपमा मनाई बुवालाई विशेष सम्मान गरेर मनाएदै आएको छ ।

आमा बाबु नहुनेले गोर्कण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्दा आफुले पुण्य प्राप्त गर्ने विश्वास लिइदै आएको छ । कुशको विशेष प्रकारको औठी हुन्छ जसलाई पवित्र औंठी मानेर सोही औंठी धारण गरेर मात्र कुनै पनि पुण्य काम गरिदैन ।

कुश घरमा राख्दा मात्र पनि घर नै पवित्र हुने विश्वास हिन्दु सस्कारमा चलिआएको छ । यस दिनमा पुरोहितहरुले यजमानका घरघरमा कुश पु¥याईदिन्छन् । यजमानहरुले पनि सिधा–दक्षिणा आदी द्धारा पुरोहितलाई सम्मान गर्ने चलन छ ।

पिता प्रति सर्मपित यस दिनको रोचक इतिहास छ । डेली अमेरिकाका रिर्पोट अनुसार वाशिङ्टनका सोनोरा स्मार्टा डोड यस दिनको जन्मदाता हुन् । उनले आमाको दिवस बारेमा थाहा पाए र सोचे बाबुको पनि एक दिवस मनाउनु पर्छ । सोनारा पिता विलीयमले श्रीमतीको निधन भएपछि अर्को विवाह नगरी परिवारको हेरविचार गरेर बसेका थिए । सोनाराले आफ्ना पितालाई मुटुदेखिको धन्यवाद दिन खोजेका थिए । तर उपयुक्त अवसर पाएका थिएनन् । १९१० जुन महिनाको तेस्रो आइतबार दिन बाबु दिवस मनाउन थाले तर अमेरीकामा यस दिनमा छुट्टी दिएपनि बाबु दिवसलाई आधिकारीक अवकासको दिन बन्न भने धेरै समय लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot