Logo

आज गोकर्णेश्वर मन्दिर नखुल्ने, मेलासमेत स्थगित



काठमाडौ, भदौ ३ । नेपालको उत्तर गयाका रुपमा परिचित गोकर्णेश्वर महादेव मन्दिर यसपटक कोरोनाका कारण नखुल्ने भएको छ । हरेक बर्षको पितृ औशीँमा सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो लाग्ने गरेको थियो ।

राजधानीको उत्तरपूर्वी भेगमा पर्ने पीतृ श्राद्धका निम्ती असाध्यै प्रख्यात गोर्कण मन्दिर नखोल्ने भएको गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ती नेपालले जानकारी दिइन् ।

त्यसदिन धेरै भक्तजनकोजमघट र पीतृ श्राद्ध गर्न धेरै आउने भएकाले कोरोनाको जोखीमलाइ मध्यनजर गर्दै यसपाली मनिदर नखोल्ने निर्णय भएको छ, उनले भनिन्, विगतका वर्षमा जस्तो त्यत्ति धेरै तामझाम हुदैन । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष नहुने भएको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

उत्तर गयाका रुपमा परिचित गोर्कणमा भाद्र कृष्ण औशीका दिनमा आफ्ना पीता नहुनेहरुले श्राद्ध गर्नु धार्मीक संस्कृतिमा उत्तम मानिन्छ ।

समितिको बैठकले भाइरस साम्य नहुन्जेल बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको सुरुवाती संक्रमण र लकडाउनका समयमा पनि यो मन्दिर बन्द भएको थिएन । पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न चैत ११ गतेदेखि नै बन्द गरिएपछि साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

मन्दिरमा लागेको भीडका कारण कोरोना फैलने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot