Logo

निषेधाज्ञाको पालना गर्न महानगरपालिकाको अनुरोध



गण्डकी, ३ भाद्र । कोरोना भाइसरको सङ्क्रमण बढेसँगै पोखरा महानगरपालिकासहित कास्कीमा आज रातको १२.०० बजेदेखि जारी निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज अपील जारी गर्दै सङ्क्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसको नियन्त्रण, कोरोनाको परीक्षण, कन्ट्रयाक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्न बाध्य हुनुपरेको भन्दै यसको पूर्णतः पालना गरी सहयोग गर्न नगरवासीलाई अनुरोध गर्नुभएको हो ।

कोरोनाको सङ्क्रमणलाई नियन्त्रण गरी नगरवासीलाई सुरक्षित राख्नु महानगरपालिकाको प्रमुख दायित्व भएको भन्दै अपीलमा महानगरपालिकाले सङ्क्रमणको शुरुका दिनदेखि नै कोरोना रोकथाम, नियन्त्रण र उपचारको कर्तव्य निर्वाह गर्न निरन्तर प्रयासरत रहेको उल्लेख छ ।

विगत केही दिनदेखि कोभिड–१९ को परीक्षणको रिपोर्टअनुसार पोखरामा जोखिम उच्च दरमा बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै यस सम्बन्धमा जिल्लाका राजनीतिक दलको सर्वदलीय बैठकको सुझाव, महानगरको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको निर्णयअनुसार निषेधाज्ञा जारी भएको अपीलमा भनिएको छ ।

कोरोनाको महामारीबाट जोगिन र जोगाउन राज्य र राज्यका निकाय मात्रले सम्भव नभएको उल्लेख गर्दै महानगरपालिकाले निजी क्षेत्र, नागरिक समाजलागयत आम जनताको पनि सचेत र सक्रिय भूमिका आवश्यक भएको बताएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गरिदिन हुन प्रमुख जिसीले अनुरोध गर्नुभएको छ । महानगरपालिकाले स्वास्थ्यकर्मीलाई कन्ट्रयाक टे«सिङ र परीक्षणलाई तीव्रता दिन आवश्यक निर्देशन दिएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot