Logo

राष्ट्रकवि घिमिरेको आज अन्तिम संस्कार गरिने



काठमाडौँ, ३ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ। यतिबेला राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साझ आफ्नै निवासमा निधन भएको हो। उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो। राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्