Logo

राष्ट्रकवि माधव घिमिरेको निधन



काठमाडौं, भदौ ३ । ‘ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामीसँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए ।

अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ । एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिए कविजीले । अब भन्नुहुने छैन म ऋतम्भरा पूरा गर्नेछु । त्यसो त उनको सम्पूर्ण जीवन नै ऋतम्भराको यात्रा थियो, चित्तवृत्ति निरन्तरता र सत्य स्वीकार ।

कविजीले सत्य स्वीकार गरे । कालसँग पराजित भएनन तर सम्झौता गरिदिए ‘इतिसम्बत् २०७७ भदौ २ गते ।’ बाहुनडाँडाको पुस्तुनबाटमा सुरु भएको ऋतम्भराले लैनचौरमा महापरिनिर्माण लियो ।

राष्ट्रकवि माधव घिमिरेको निधन
राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे मङ्गलबार साँझ आफ्नै निवास लैनचोरमा निधन भएको खवरले नेपाल र नेपाली स्तब्ध छन् । परिष्कारवादी सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णबिराम लागेको छ । देवकोटा र लेखनाथ जोड्ने साँघु भत्केको छ ।

शताब्दी पूर्व १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा उम्रिएको बिरुवा राजधानीमा झाङियो । फुल्यो र फल्यो । फल्नुको सत्य झर्नु पनि थियो । झ¥यो ऋतम्भराको सन्देशमा । सत्यको अठोटमा र विश्वासमा ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot