Logo

ब्याज दरको प्रतिस्पर्धामा वित्तीय क्षेत्र



काठमाडौं, भदौ ३ । नेपाल बैङ्क लिमिटेडले दुई साताअघि पाँच वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक ग¥यो ।

घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैङ्कमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैङ्कले नयाँ लघु उद्यम कर्जा, समृद्ध व्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि ल्याएको छ ।

लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याज दर ८.९९ प्रतिशत रहेको बैङ्कले जनाएको छ ।राष्ट्रिय वाणिज्य बैङ्कले पनि कर्जाको ब्याज दर सर्वाधिक कम तय गरेको छ ।

७.२५ प्रतिशत ब्याज दरको घर कर्जा उपलब्ध गराइएको बैङ्कले यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैङ्कबाट लिएको घर कर्जालाई स्वाप गर्ने सुविधासमेत दिएको छ ।
निजी क्षेत्रको एनएमबी बैङ्कले पनि ८.९९ प्रतिशतमा घर कर्जा दिने भएको छ । दुई वर्षको घर कर्जा लिनेले उक्त ब्याज दरमा कर्जा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
यी बैङ्किङ क्षेत्रका पछिल्ला प्रतिनिधिमूलक घटना हुन् ।

कुनै बेला कठिन बनेको कर्जा उपभोक्ताका लागि अहिले सहज मात्रै भएको छैन सस्तो, सुलभ र प्रतिस्पर्धी पनि बनेको छ । यसले गर्दा कोरोना सङ्क्रमणले खुम्चिएको कर्जा प्रवाह पनि बढ्न थालेको छ ।

बन्दाबन्दी यता बैङ्कमा निक्षेप थुप्रिने र कर्जाको माग कम हुँदै गएपछि कर्जा विस्तारमा वाणिज्य बैङ्क आक्रामक बन्दै गएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot