Logo

संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द



काठमाडौं, ३ भाद्र । कर्मचारीमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।

सूचना अधिकारी खनालका अनुसार काउन्सिलमा कार्यरत कर्मचारी र आन्तरिक अडिटरलाई समेत ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएपछि शुक्रबारसम्म बन्द गर्ने निर्णय मंगलबार बसेको काउन्सिल बोर्ड बैठकले गरेको हो । कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब दिइएको र रिपोर्ट नआउँदासम्मका लागि कार्यालय बन्द भएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालय बन्द भए पनि उजूरी अनलाइनबाट लिइने उनको भनाइ छ । आचारसंहिताको अनुगमन भने निवासबाटै हुने खनालले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot