Logo

अधिकांश स्थानीय तहबाट सेवा प्रवाह बन्द



हेटौँडा, भदौ ३ । बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै अधिकांश स्थानीय तहबाट प्रदान गरिने सेवा ठप्प प्रायः रहेका छन् ।

स्थानीय प्रशासनले नुवाकोट र रामेछाप जिल्लामा पूर्ण रूपमा र मकवानपुर, चितवन र धादिङ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् ।

यस्तै दोलखा र सिन्धुपाल्चोक जिल्लामा बन्दाबन्दी गरिएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र स्वाथ्यकर्मीसमेत कोरोना सङ्क्रमित भएपछि स्थानीय तहले नागरिकलाई बिरामी हुँदा एम्बुलेन्स सेवा लिन सिफारिसलगायतका आकस्मिक रूपमा प्रदान गर्नुपर्ने सेवामात्र प्रदान गर्दै आएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot