Logo

बाढी–पहिरोमा मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख दिने सरकारको निर्णय



काठमाडौं, ३ भाद्र । सरकारले बाढी–पहिरोमा परेर मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्ण गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाका अनुसार बाढी पहिरोबाट कुनै परिवारको एक जनाको मृत्यु भएमा दुई लाख र दुई भन्दा बढी व्यक्तिले ज्यान गुमाएको भए प्रतिव्यक्ति एक लाखका दरले राहत दिने निर्णय भएको जानकारी दिए ।

सँगै बाढी–पहिरोमा परेर घाइते भएकाको उपचार सरकारले गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले उपचार खर्च सरकारले तिर्नु निर्णय गरेको प्रवक्ता खतिवडाले बताए । उपचारपछि घर फर्किने यातायात खर्चसमेत सरकारले दिने भएको छ । बाढी र पहिरोले घर क्षति भएमा निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णयसमेत सरकारले गरेको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्