Logo

दिनमै हजार नाघे कोरोना संक्रमित



काठमाडौं, भदौ ३ । नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार १ हजार १६ जनामा संक्रमण पुष्टि गरेको हो।

गत माघ ९ गते पहिलो संक्रमण देखिएयता यो हालसम्मकै सर्वाधिक संक्रमित संख्या हो। यसअघि असार १९ गते ७ सय ४० जना संक्रमित फेला परेका थिए। मंगलबार काठमाडौं उपत्यकामै २ सय ५ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरका प्रयोगशालामा १३ हजार ४ सय ६१ पीसीआर परीक्षण गर्दा मंगलबार यो मात्रामा संक्रमित भेटिएको बताए। उनका अनुसार उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।

शुक्रबार मुलुकभर ५ सय ९४ जना संक्रमित थपिएका थिए। त्यस्तै शनिबार ४ सय ६८ र आइतबार ६ सय ४१ जनामा कोरोना पुष्टि भएको थियो। मंगलबारको कोरोना पोजिटिभको वृद्धि ७.५५ प्रतिशत हो।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot