Logo

कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु



काठमाडौं, ३ भदौ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना महिला रहेका छन् ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

यसैबिच, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुडीगंगा २ की ६७ वर्षीय महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

उनको हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ। विराट मेडिकल कलेजबाट मंगलबार प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो। उनमा मुटुको दीर्घ समस्या पनि थियो।-रेडियो एनआरएन/File Photo



प्रतिक्रिया दिनुहोस्