Logo

पार्टीको कुरा सोध्दा रामचन्द्र पौडेल यसरी जंगिए (भिडिओसहित)



काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशन हुने विश्वास दिलाएका छन् । तर, पौडेलले त्यो भन्दा धेरै पार्टीको आन्तरिक विषयमा कुरा गर्न चाहेनन् ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले आफू पार्टीको कुरा गर्न कार्यक्रममा नआएको भन्ने कडा जवाफ दिएका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनबारे नेता पौडेलले देशले विशिष्ट साधक गुमाएको र घिमिरेले साहित्यमार्फत मुलुकलाई लगाएको गुण कसैले पनि भुल्न नसक्ने बताएका थिए । नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्