Logo

एनआईसी एशिया बैंकद्वारा काेराेना नियन्त्रण कोषमा एक करोड सात लाख ५९ हजार रुपैयाँ सहयोग



काठमाडौँ, ३ भदौ । एनआईसी एशिया बैंकले (NICA) नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सात लाख ५९ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । कोरोना महामारीको समयमा मुलुकको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा जम्मा गरेको छ ।

बैंकले यस अघि देशका सातै प्रदेश सरकारलाई १५/१५ लाख रूपैयाँ गरी कुल एक करोड पाँच लाख रूपैयाँ रकम प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख रूपैयाँ र कर्मचारीको तर्फबाट पाँच लाख रूपैयाँ समावेश गरी १५ लाख रूपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।

यसका साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख रूपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा रहेकाे छ ।-मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्