एजेन्सी, ३ भाद्र । अष्ट्रेलियाले साँढे दुई करोड जनतालाई निःशुल्क कोरोना भाइरसको भ्याक्सिन लगाइदिने भएको छ । भ्याक्सिन उपलब्ध भएलगत्तै निःशुल्क लगाउने भएको हो ।
कोरोना भाइरसको भ्याक्सिन विकास गरिरहेको एस्ट्राजेनेकासँग अष्ट्रेलियाले उत्पादनलगत्तै खरिदको सम्झौता समेत गरेको छ । अक्सफोर्ड विश्वविद्यालयसँगको साझेदारीमा विकास भइरहेको भ्याक्सिनमा अष्ट्रेलियाले पहुँच बनाइसकेको बीबीसीले उल्लेख गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एस्ट्राजेनेकाको भ्याक्सिन सफलतापूर्वक प्रमाणित भएमा निःशुल्क रुपमा प्रयोग गरिने बताएका हुन् । अष्ट्रेलियामा २३ हजार संक्रमित पत्ता लागेका छन् । त्यहाँ चार सयभन्दा बढीको मृत्यु भइसकेको छ ।-Photo Source: Agency