Logo

लिदी पहिरो: मृतक संख्या २५ पुग्यो, १४ जना बेपत्ता



चौतारा, ३ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरोमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्