काठमाडौँ ३ भदौ: आज (बुधबार) ६८१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमित ११ हजार ११८ जना रहेका छन् ।आज थपिएका संक्रमितमध्ये काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जना रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १२० जना कोरोना परास्त गर्न सफल भएका छन् । नेपाल कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १७ हजार ७०० जना पुगेको छ ।
नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । त्यसैगरी देशभरमा अहिलेसम्म १२० जना कोरोना संक्रमितको निधन भइसकेको छ ।-File Photo