Logo

गोली हानी हत्या गर्ने अभियुक्त पक्राउ



सिरहा, ३ भाद्र । गोली हानी हत्या अभियोगका फरार प्रतिवादी लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैयाका लाल कुमार साह पक्राउ परेका हुन् ।

२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए । उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी लाल कुमारलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्