Logo

बिहारका डिजीपिले भनेः रियाको औकात छैन



एजेन्सी, ३ भाद्र । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआइ)ले अनुसन्धान गर्ने सर्वोच्च अदालतको फैसलालाई विहार प्रहरीका महानिर्देशक गुप्तेश्वर पान्डेले स्वागत गर्दै अन्यायमाथि न्यायको जित भएको बताएका छन् ।

पान्डेले भनेका छन्, अदालतको फैसलाले बिहा्र सरकार र राज्यले प्रहरीको यस विषयमा गरेको काम सहि थियो र कानुनी हिसाबले भएको थियो । यति मात्र नभएर उनले रियालाई निशाना बनाएर चक्रवर्तीको बिहारको मुख्यमन्त्री नीतिश कुमारमाथि कमेन्ट गर्ने औकात नभएको बताएका छन् । पान्डेले मिडीयासँग कुरा गर्दा भने अन्यायमा न्याय, सत्य र प्रजातन्त्रको जीत हो यो जीत बिहार सरकारको र सुशान्तको परिवार मात्र नभएर पुरै भारतको जीत भएको हो, जो सुशान्तलाई न्याय दिलाउन लडिरहेका छन् ।

उनले अगाडि भने, बिहार सरकार र प्रहरीले जे ग¥यो त्यो कानुनी रुपमा सहि थियो, यसलाई सर्वोच्चले सिबिआई जिम्मा दिएर राम्रो गर्यो । यसअघि मुम्बईको प्रहरीले कुनै गडबड गर्न लागेको र केहि लुकाएको हुनसक्ने अनुमान धेरैले लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्