Logo

‘दि हिमालयन टाइम्स’ का सम्पादक रिमालद्धारा राजीनामा



काठमाडौं, ३ भदौ । अँग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ का सम्पादक प्रकाश रिमालले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत रिमालले आफूले राजीनामा दिएको जानकारी गराएका हुन् । रिमाल विगत साँढे ६ वर्षदेखि दि हिमालयन टाइम्सको सम्पादकको जिम्मेवारीमा थिए ।

उनले लेखका छन्,‘दि हिमालयन टाइम्स’ दैनिकको साढे छ वर्षदेखि सम्हाल्दै आएको सम्पादकको चुनौतिपूर्ण जिम्मेवारिबाट अलग हुने निर्णय गर्दै राजिनामा गरेको छु, सोमबार अगस्ट २४बाट। मेरो नेतृत्वमा विश्वास गर्दै अवसर प्रदान गर्ने व्यवस्थापन, सहकर्मी, शुभेच्छुक बौद्धिक वर्ग र पाठकहरुमा हार्दिक धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्