ज्ञान खत्री
मान्छेउ त तिज ,खान्छेउ त खिर,लाउछेउ त सारी नि
चुरा र पोते मेहेन्दी र धागो झपक्क पारी नि
सुनैको बाला , सुनैको औंठी , तिलहरी नौगेडी
चन्द्रामा छड्के सिन्दुर लाली अनेकौ बखेडी
बियरको तन्को, लाइहाल्यो रन्को, घुमायो एक फन्को
भन्छेउ बुझिदेउ प्यारा के गर्नु यार रमाइलो यो मनको
एक बित्ते खुर, दुई इन्चे चोली,चेपारे बोली नि
तिमी नै हौ त हे मेरी बुढी! हान्छेउ कि गोली नि
कोरोना कहर जान्छेउ त कहाँ प्रदर्शन गर्न अब यी सब कुरा
झार्नलाइ शेखी सङ्गीलाई देखाई भएन तिम्रा यी सपना पूरा
देखाउनै पर्ने, देखिनै पर्ने नभएपछी भयो नि मन भारी
खेल्यो नि कुरा , मनमा मेरो, होलाकी बेकार महङ्गो यो सारी!
हे मेरी प्रिय आइहाल्छन दिन , भो धेरै नगर गनगन
बुझ त प्यारी सन्सार सार यस्तै छ भनी लिएर मनमन
ज्ञान खत्री, बु. न. पा . १२, काठमाडौ