Logo

नेपालको मिडिया क्षेत्रमा कोभिड-१९ को गम्भीर असर



काठमाडौं , ४ भाद्र। नेपालमा कोरोनाका कारण आम सञ्चार तथा पत्रकारिता क्षेत्र गम्भीर रुपमा प्रभावित भएको राष्ट्रव्यापी सर्वेक्षणले देखाएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।

सर्वेक्षण प्रतिवेदन बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले एक भच्र्युयल समारोहमा विमोचन गर्नुभएको हो । विक्रम सम्बत २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु(याएको देखाएको छ ।

सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।

महाव्याधिले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । उत्तरदाताले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति ९फ्रीक्वेन्सी० तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमीत भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८।४ प्रतिशत ९२२७ जना० ले छापा माध्यमको प्रकाशनको समय ९फ्रीक्वेन्सी० घटेको उल्लेख गरेका छन् ।

रेडियोमा कार्यरत ५१।८ प्रतिशत १७६ जनाउत्तरदाता र टेलिभिजनमा कार्यरत ४२।८ प्रतिशत ९११६० उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीककण्ठ उप्रेतीले सर्वेक्षणमा विपत्सँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको जनाउनुभएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्