काठमाडौं, ४ भाद्र । जीवित मान्छेको प्रतिमा र दिवंगतको शालिक । राष्ट्रकवि माधव घिमिरेको प्रतिमा बनाएर प्रधानमन्त्री केपी ओली र राष्ट्रकविले संयुक्त रुपमा अनावरण गर्ने भनी कलाकार विष्णुप्रसाद बरालले बनाउन थालेको अब त्यो शालिक हुने भएको छ ।
राष्ट्रकवि घिमिरेको आफ्नो जन्मस्थल लमजुङको पुस्तुनमा पूर्णकदको आफ्नै प्रतिमा अनावरण गर्ने चाहना पूरा भएन । लामो समयदेखि तयारीका क्रममा रहेको प्रतिमा बजेटका कारण नरोकिएको भए राष्ट्रकविको इच्छा अधुरो हुनेथिएन ।
राष्ट्रकवि सय वर्ष पूरा भएपछि सरकारले आयोजना गरेको सतवार्षिकी रथारोहण समारोहमा प्रम ओलीले मूर्तिकार बरालसँग भेट गर्नुभएको थियो ।
रष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहमा पूर्णकदको प्रतिमा निर्माण गर्न आग्रह गर्नुभयो– करिब दुई वर्षअघि प्रधानमन्त्रीसंँग भएको कुराकानीबारे बताउदै मूर्तिकार बरालले भन्नुभयो–, प्रधानमन्त्रीकै आग्रहअनुसार प्रतिमा बनाउने विषयमा प्रक्रिया थालें तर रकम जुटाउने विषयमा केही भएन । यो खबर आजको समाचार पत्रले छापेको छ ।