Logo

मन्दिरका पुजारीको गोलि हानी हत्या



रौतहट, भदौ ४ । रौतहटमा चार दिनको अन्तरालमा दुई जनाको हत्या भएको छ । बुधबार राती माधबनारायण नगरपालिका–२ खेसरिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोलि हानी हत्या भएको छ ।

लामो समयदेखि मंन्दिरमा रहदै आएका पुजारी साहको मंन्दिर प्राङ्गणमा खाना खाईरहेको समयमा बन्दुकधारीले कन्चटमा गोली हानी हत्या गरेको जनाइएको छ ।

हत्या गरेपछि ती समुह फरार रहेका छन । प्रहरीले खोजी जारी राखेको जनाएको छ । गत आईतबार मात्रै गरुडा नगरपालिका –८ जिंगडिया निबासी १७ बर्षीय निरञ्जन राम चमारको धारिलो हतियारबाट घाटी रेटी हत्या भएको थियो । घटना भएको दुबै क्षेत्र ईलाका प्रहरी कार्यालय गरुडा अन्तर्गत पर्दछ ।

रौतहटमा निषेधाज्ञा जारी भएको अबस्थामा दुबैको हत्या भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्ला लाई निषेधाज्ञा जारी गरिएको छ तर, यही समयमा अपराधिक घटना समेत भैरहेको छ ।

पछिल्लो समय रौतहटमा अपराधिक घटनामा बृद्धि भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot