काठमाडौं, भदौ ३ । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली कायमै रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका केही स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसोसम्म देशभरको मौसममा सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै बिहिबार रातीसम्म बदली कायमै रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।