Logo

नेकपा एमाले दल दर्ता



काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगले मोरङका सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँचबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो साता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ।

दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सय जनाभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए ।

‘आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र केही दिनभित्र दलका प्रतिनिधिहरुलाई बोलाएर प्रमाण दिन्छौं’ –उनले भने। आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot