Logo

देउवा, पौडेल र सिटौलाहरु अभिभावक बन्नुपर्छ : दिपक खड्का (भिडिओसहित)



काठमाडौं, ४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री दिपक खड्काले चार वर्षसम्म सभापति शेरबहादुर देउवाले गर्नुपर्ने काम नगरेको र अहिले आएर विभाग गठन गर्नु गलत भएको टिप्पणी गरेका छन् । सभापति देउवालाई सफल सभापति बन्न नसकिने पनि उनको तर्क छ ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसको सिद्धान्त राम्रो भएकोले नेताहरुले व्यक्तिगत आचरण परिवर्तन गर्नुपर्ने र आगामी महाधिवेशनबाट सर्वसम्मतीले सभापति चयन गर्न सकिए राम्रो हुने उनको तर्क छ । प्रस्तुत छ कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्