काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा नवगठित कार्यदलका सदस्य डा. भीम बहादुर रावलले पार्टीको समस्या हल गर्न गठित कार्यदलले प्रतिवेदन तयार पारिसकेको स्पष्ट पारेका छन् । र, अब केही दिनभित्रै प्रतिवेदन सचिवालयलाई बुझाउने पनि उनले जानकारी दिए ।
बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. रावलसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ :