Logo

सुनकाे मूल्यमा भारी गिरावट



काठमाडौँ, ४ भदौ: आज (बिहीबार) सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

बिहिबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रति अउन्स एक हजार ९४७ बराबर डलरमा सुन किनबेच भइरहेकाे छ ।

त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६० रुपैयाँ तोकिएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्