Logo

हाम्रो बेलैमा तयारीहरू पुगेन, नेपालमा दैनिक १५०० मान्छे संक्रमित हुन सक्छन् : डा. मरासिनी



जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपालमा बेलैमा तयारीहरु नपुगेको गुनासो पोखेका छन् । उनले नेपालमा दैनिक पन्ध्र सय मान्छे संक्रमित हुनसक्ने आँकलन पेश गरेका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्-‘हाम्रो बेलैमा तयारीहरू पुगेन । नेपालमा दैनिक १५०० मान्छे संक्रमित हुन सक्छन् । महिनामा कमसे कम ४५००० मान्छे संक्रमित हुने देखिन्छ । यी सबैलाई आइसोलेसनमा राख्नुपर्ने र व्यवस्था कसरी गर्ने ? सुरुमा सामान्य रुघाखोकी लागेको मान्छेलाई पनि अस्पतालमा राखियो । होम आइसोलेसन पहिल्यै भनेको भए हुन्थ्यो ।’

काठमाडौँमा उच्च जोखिम बढ्यो । समुदायमा कोरोना फैलियो । अब के गर्ने ? कसरी जाने ?

आज ४ गतेदेखि फेरि लकडाउन जारी भयो । ३१ सालको ऐनले नै दफाबाट अधिकारहरू लागू गर्न सक्ने भनेर पहिले नै भनेको थियो । स्वास्थ्य मन्त्रालयको मान्छेहरूको बुद्धि बिग्रिएछ । ५/५ वर्षमा परिमार्जन गरेर ऐनमा व्यवस्था नै हटाइदिएछ । त्यसपछि अलिकति समस्या भयो । अहिले लकडाउनको निर्णय गर्दा पनि प्रश्न उठ्न थालेको छ ।

अहिले बेड, आइसोलेसन सेन्टर छैन । कसरी जाने ?

हाम्रो बेलैमा तयारीहरू पुगेन । नेपालमा दैनिक १५०० मान्छे संक्रमित हुन सक्छन् । महिनामा कमसे कम ४५००० मान्छे संक्रमित हुने देखिन्छ । यी सबैलाई आइसोलेसनमा राख्नुपर्ने र व्यवस्था कसरी गर्ने ? सुरुमा सामान्य रुघाखोकी लागेको मान्छेलाई पनि अस्पतालमा राखियो । होम आइसोलेसन पहिल्यै भनेको भए हुन्थ्यो ।

प्रत्येक दिन विरामीहरू बढिरहेका छन् नि ?

जनमैत्री अस्पताल खोले भयो नि त । सरकारले के हेरेर बसेको छ ? विपद आइसकेको छ, उहाँहरूले पनि त यसमा केही सोच्नुपर्छ । प्राथमिक हेल्थ पोस्ट पनि राखेर उपचार गर्न सकिन्थ्यो । कुरा ठुलो गर्ने तर स्थानीय सरकारले काम केही गरेन ।

स्थानीय सरकारले त आइसोलेसन पनि बनाउन सकेन ? जनताका प्रतिनिधिहरू कहाँ छन् ? के गरिरहेका छन् ?

यसमा कति अरब पैसा खर्च पनि भएका छन् तर स्थानीय सरकारले केही गर्न सकेन । यसमा सरकारले तयारी नै गरेन । यो त सामान्य रोग हो, यो आउँछ, जान्छ भन्ने किसिमले सोचेर हुँदैन । यसले त सिजन नै मान्दैन । गर्मी महिनामा पनि उत्तिकै चलिरहन्छ । जाडो महिनामा पनि उत्तिकै चलिरहन्छ । त्यसकारण यो रोगको लागि छुट्टै किसिमको तयारीहरू हुनुपथ्र्यो, त्यो तयारीहरूमा एकदमै ठुलो कमी देखियो । यस तयारीमा समन्वयको पनि आवश्यकता छ ।

पूर्वतयारीमा सरकार असफल भयो भन्ने तपाईको भनाई हो ?

आइसोलेसन भनेको त केही पनि होइन । त्यो त सुत्ने, खाने ठाउँ मात्र हो । यसमा सरकारले सोच्दै सोचेन । ५००० बेड चोटपटक इमर्जेन्सीमा आउने विरामीहरूको लागि चाहिन्छ । बाँकी रह्यो, १२ देखि १५ हजार बेड, त्यसमा सबै विरामीहरूलाई राख्न सम्भव छैन । अब विरामीहरूलाई कहाँ लगेर राख्ने भन्ने बारेमा पहिल्यै सोच्नुपथ्र्यो ।

हाम्रो देशमा पि.सि.आर रिपोर्ट पाउन पनि १० दिन कुर्नुपर्छ, किन यस्तो अवस्था आयो ?

यति दिनमा पाउने भनेर किटान गर्ने अधिकारी नै छैन । सबै देशले राष्ट्रिय रोग तथा कोरोना रोकथाम नियन्त्रण अधिकारी नियुक्त गरे । हाम्रो नेपालमा भएन । हामीले गएर स्वास्थ्यमन्त्रीलाई भन्छौँ, उहाँले फलानालाई भन्नुहुन्छ, फलानालाई गएर भन्नु भनेर । रिपोर्ट किन दिएन भनेर सोध्न मिल्ने जिम्मेवारी अधिकारी हुनुपर्छ । रिपोर्ट किन नदिएको भन्दा उत्तर दिने मान्छे नै छैन । यसले गर्दा व्यवहारिक झमेलाहरू देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्