Logo

कुटपिट गरी अंगभंग बनाई फरार पक्राउ



मोरङ, ४ भाद्र । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिकाका लालु कामतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला अदालत मोरङको २०७४ बैशाख २२ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको बताएको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्