Logo

प्रहरीलाई हातपात गर्ने पक्राउ



रुकुम (पश्चिम), ४ भाद्र । प्रहरीलाई हातपात गरेको अभियोगमा टिकाराम ओलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई हातपात गरेको अभियोगमा चौरजहारीका ओली पक्राउ परेका हुन् ।

सोही नगरपालिका बस्दै आएकी एक महिलालाई स्थानीय केटाहरुले हातपात गरेको भन्ने जानकरी प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिने क्रममा ओलीले प्रहरीलाई कोदालोले प्रहार गरेपश्चात कोदालो सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट घाइते भएका एक जना प्रहरी हवल्दारको स्थानीय मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।

घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्