Logo

चरेशसहित महिला पक्राउ



काठमाडौं, ४ भाद्र । अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् । चन्द्रागिरी बस्ने धादिङ गजुरी घर भएकी पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले कोठाबाट उक्त लागूऔषध सहित फेला पारी पबित्रालाई पक्राउ गरेको जनाएको छ । साथै उनका पती श्रीमान सुनिल भन्ने फुल बहादुर तामाङ हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको बताएको छ ।

त्यस्तै रौतहट वृन्दावन नगरपालिका बनौलीदेखि महुअवा हर्षाहा जाने सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित गरुडा गढीटोलका कन्न सहनी बुधबार दिउँसो पक्राउ परेका छन् । प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरीले बा.११ प ९५०४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक सहनीलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै धरान उपमहानगरपालिका गणतन्त्रका किरण धिमाललाई करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । File photo



प्रतिक्रिया दिनुहोस्