Logo

सुशान्त र साराको अफेयरको चर्चा



एजेन्सी, ४ भाद्र । सुशान्त सिंहको पुर्व रुममेट सैमुअल हाओकिपले सुशान्तको जीवनको बारेमा अर्को खुलाशा गरेका छन् । फिल्म ‘केदारनाथ’ फिल्म सुर्टिङको क्रममा सुशान्त र सारा अली खान नजिकीएका खबर बाहिर आएका थिए । यद्यपि सारा र सुशान्तले आफ्नो निकटताबारे कुनै बयान गरेनन् । तर अहिले भने सारा र सुशान्तबीच एक अर्कालाई माया गरेको दाबी सुशान्तका पुर्व रुममेटले गरेका छन् ।

सैमुअलले आफ्नो इन्स्टाग्राममा एक पोस्ट गरेका छन्, ‘केदारनाथको प्रमोसनका समयमा सुशान्त र सारा पुर्ण रुपमा एक अर्कालाई माया गर्थे । दुवै जना बिल्कुल शुद्ध र निर्दोष बच्चा जस्ता थिए । दुवैले एक अर्कालाई सम्मान गर्थे जुन आजकाल त्यस्तो सम्बन्धमा कमै देखिन्छ । साराले सुशान्तको जीवनसँग जोडिएका सबैलाई निकै सम्मान गर्थिन् । बक्स अफिसमा नराम्रो पदर्शन भएको भन्दै माफियाको कुनै दबाबमा साराले सुशान्तलाई ब्रेकअप दिएकोमा भने मलाई आश्चर्य लाग्छ ।’

उनले सुशान्त रियाको कारण आफ्नै बहिनी प्रियंकासँग किन रिसाए पनि भनेका छन् । उनले सुशान्त र बहिनीको सबै विवाद आफुलाई थाहा भएको बताएका छन् । सैमुअलले सुशान्त र बहिनीको किचमा विवाद हुँदा आफुसँगै भएको तर आफुले सुशान्त वा प्रियंकालाई कहिल्यै पनि नसोधेको बताएका छन् । उनले उनीहरुको पारिवारीक विषय भएकोले त्यतिबेला नसोधेको पनि लेखेका छन् । मिडीयामा आएपछि मात्र त्यो झगडाको कारण थाहा भयो ।



प्रतिक्रिया दिनुहोस्