काठमाडौं, ४ भदौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् । आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।