Logo

देशभरका ४१ जिल्लामा निषेधाज्ञा, व्यक्तिगत सतर्कतामा जोड दिन सुझाव



काठमाडौँ, ५ भदौै: कोरोनाको सङ्क्रमण थप फैलिन नदिन भन्दै देशका आधाभन्दा बढी जिल्लामा स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन् । देशका ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा बुधवार राति १२ बजेदेखि एक हप्ते निषेधाज्ञा जारी छ ।

देशका धेरै ठाउँमा निषेधाज्ञा जारी गरिएपनि कोरोना नियन्त्रणको उपाय यो मात्रै नभएको विज्ञहरुले बताएका छन् । निषेधाज्ञालाई तयारीका लागि मात्रै उपयोग गर्नु पर्ने र सधैं निषेधाज्ञा उपयुक्त, संभव र व्यवहारिक नहुने उनीहरुको भनाई छ । जहाँसक्रिय सङ्क्रमित छन् त्यहाँ मानिसहरूको गतिविधिलाई निषेध गर्न र वरपरका जिल्लामा सतर्कता अपनाउन उनीहरुले सुझाव दिदै आएका छन् ।

लकडाउन वा निषेधाज्ञाका बेला र त्यसपछि गरिने काम महत्वपूर्ण भएको जनस्वास्थ्यविद् डा. शरदराज वन्तको भनाई छ । विगतमा लकडाउनपछिका गतिविधिलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकार चुकेको उनको टिप्पणी छ ।

खासगरी पछिल्लो पटक लकडाउनलाई खुकुलो गरिएपछि मानिसहरूले जनस्वास्थ्यसम्बन्धी सुरक्षाका उपायहरूलाई गम्भीरतापूर्वक नलिएको सरकारी अधिकारी तथा जनस्वास्थ्यविद्हरू बताउँछन्।-रेडियो एनआरएनबाट/Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्