Logo

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था गम्भीर



एजेन्सी, ५ भाद्र । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था झन गम्भीर बन्दै गएको छ । उनलाई भेन्टिलेटरमा राखिएको जनाइएको छ ।

मुखर्जीको अवस्था गम्भीर नै रहेको भन्दै उपचाररत अस्पतालले शुक्रबार जनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार दिल्लीस्थित आर्मी सिर्च एन्ड रिफरल हस्पिटलमा उपचाररत मुखर्जीलाई कोरोना भाइरसको संक्रमण पनि भएको छ । उनको फोक्सोमा पनि समस्या देखिएको छ ।

मुखर्जीलाई १० अगष्टमा आकस्मिक रुपमा अस्पताल लगी मस्तिष्कको शल्यक्रिया गरिएको थियो । ८४ वर्षीय पूर्व राष्ट्रपति सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका थिए ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्