Logo

काठमाडौंमा एकैदिन १८२ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ५ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १ सय ८२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १३ हजार  ५ सय   ७९ जनाको पिसीआर परिक्षणमा ८  सय  ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा   २५० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार  २ सय  १४ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १४२ जना र ललितपुरका २५ जना र भक्तपुरका १५  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३० हजार  ४ सय ८३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्