Logo

पूर्व प्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण



काठमाडौँ, ६ भाद्र। नेपाल कम्युनिस्ट पार्टी नेकपा का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो । अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot