Logo

कोरोना संक्रमणबाट २४ घण्टामा ११ जनाको मृत्यु



काठमाडौं, ६ भाद्र । २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

हाल क्वारेन्टिनमा रहेको संख्या १२ हजार २३४ रहेको छ भने आइसोलेसनमा १२ हजार १३२ जना छन्। कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार २१४ रहेको मन्त्रालयले जनाएको खबर आजको नागरिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot