Logo

म्याग्दीमा मुद्दाको संख्या बढ्दै, एक वर्षको अवधिमा डेढसय बढी मुद्दा दर्ता



म्याग्दी, ६ भाद्र । हिमाली जिल्ला म्याग्दीमा अपराधजन्य क्रियाकलापहरु बढ्दै गएको देखिएको छ । जिल्लामा अभद्र व्यवहार, सामाजिक, सङ्गठित तथा आर्थिक अपराध, चोरी, ज्यानसम्बन्धी कसुर, महिला तथा बालबालिका, सवारी र आत्महत्या लगायतका अपराधहरु बढेको हो ।

गएको १ वर्षमा प्रहरी कार्यालयमा दर्ता भएको अपराधजन्य मुद्दाको तथ्याङ्कलाई हेर्दा पछिल्लोपटक म्याग्दी जिल्लामा आपराधिक घटनाहरु बढेको देखिन्छ । गत आर्थिक वर्ष २०७६र७७ मा जिल्लाभर कुल १ सय ५७ वटा अपराधका घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गएको १ वर्षको अवधिमा मात्रै प्रहरी कार्यालयमा सो संख्यामा अपराधका घटनाहरु दर्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १ सय ५७ वटा मुद्दाहरुमध्ये गत आवसम्म विभिन्न प्रकृतिका ८८ वटा मुद्दाहरु फस्र्यौट भएकोमा ६९ वटा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार सबैभन्दा धेरै अभद्र व्यवहारतर्फ कुल ४१ वटा मुद्दा दर्ता भएकोमा ३९ वटा फस्र्यौट भैसकेको छ भने २ वटा मुद्दा बाँकी रहेको छ । यसैगरी आपराधिक उपद्रो, सामाजिक भौतिक संरचनामा क्षति र व्यक्ति बेपत्ता पार्न नहुनेतर्फ १र१ वटा मुद्दा दर्ता भएकोमा ती सबै फस्र्यौट भैसकेका छन् ।

त्यस्तै ज्यानसम्बन्धी कसुरको शीर्षक अन्तर्गत सबैभन्दा धेरै भवितव्य ज्यानतर्फ कुल २४ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । सो शीर्षकअन्तर्गत फुटकर ज्यान ९, ज्यान मार्ने उद्योग ५, कर्तव्य ज्यान ३ र गौबध पशुपंक्षीसम्बन्धी कसुरमा २ वटा मुद्दा दर्ता भएको छ । यस शीर्षकमा कुल ४३ वटा मुद्दा दर्ता भएकोमा १० वटा मात्रै फस्र्यौट भएको छ भने ३३ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको प्रहरी निरीक्षक शर्माले बताएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot