Logo

भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि



चितवन, ६ भदौ । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ ५ गते गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले भदौ ५ गते कुल २७० नमुना परिक्षण गरेकोमा ३३ जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुर, बारा, पर्सा र मकवानपुरका गरि ८ जना रहेका छन् भने बाँकेका ५ जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १६ जना छन् भने राप्ती नगरपालिकाका ४ जना रहेका छन् ।

अस्पतालले यो नतिजा भदौ ५ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ ।-रेडियो एनआरएन/File Photo



प्रतिक्रिया दिनुहोस्