Logo

रत्ननगर बकुलहर अस्पतालका सुपरिटेण्डेन्ट डा. बगाले कोरोनामुक्त



चितवन, ६ भदौ: रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा.बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका छन् । कार्य क्षेत्रमै खटिएका बेलामा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीसंगै परीक्षणका क्रममा श्रीमतिको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी दिए । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्