एजेन्सी, ६ भाद्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक एलेक्सी नाभाल्नीलाई लिन जर्मनीबाट विमान पुग्यो । रुसको ओम्स्कस्थित अस्पतालमा उपचार गराइरहेका उनलाई लिनकै लागि पुगेको विमान जर्मनतर्फ उड्यो ।
आखिर किन जर्मनीबाट नाभाल्नीलाई लिन विमान पुग्यो ? चीयामा विष घोलेर पिलाइएको आशंका गरिएपनि उनलाई अन्य समस्या भएको भनिएको छ । रुसी चिकित्सकले उनको शरीरमा विषय नभएको भनेपनि परिवार त्यो मान्न तयार छैन । उनकी पत्नीले जर्मनी लान जोड गरेकी थिइन् जहाँ थप उपचार हुने बताइएको छ ।
यसअघि साइबेरियाबाट मस्कोतर्फ आउने क्रममा नाभाल्नीको स्वास्थ्यमा समस्या भएपछि विमान आकस्मिक रुपमा ओम्स्कमा अवतरण गरिएको थियो । उनी गम्भीर अवस्थामा अस्पताल लगिएका थिए । उनको लागि विमान मस्को उड्नुपर्नेमा बिहिबार आकस्मिक रुपमा बीचमै अवतरण गर्नु परेको थियो ।-Photo Source: TASS