Logo

१७ वर्षे भावुक सबैको प्रिय बन्दै



सुशिल बस्याल : काठमाडौं, ६ भदौ । मानिसको जन्म लिई सकेपछि उनिहरुका आर्जित विशेषता,सिद्धान्त, विचार,धारणाहरु फरक फरक हुन्छन् । ति विभिन्न आर्जित तत्वहरु पनि निर्माण गर्ने समय पनि एउटै हुदैन । हुन त भनिन्छ, संसारका सबै मानिसहरु कुनै न कुनै कम्तिमा एक प्रतिभाका खानी हुन्छन् । कोहि भएका प्रतिभा नदेखाउने स्वाभावका देखिन्छन् भने कोहि त्यस्ता व्याक्ती हुन्छन् उनिहरु बहुप्रतिभाको क्षमतालाइ जित्छु या त सिक्छु भन्ने आट र साहसका साथमा प्रस्फुटन गर्ने स्वाभावका हुन्छन् । त्यस्तै पाणिनी गाउपालिका-४ (पटौटी-निगालि, अर्घाखाँची) स्थायी घर भै तानसेन पाल्पामा अध्यनको लागि अस्थायी बसोबास गर्ने पुनाराम घिमिरे र कमला घिमिरेको कोखबाट जन्मिएका नारायण घिमिरे १७ वर्षको उमेरमा अनेकौं बाधासँग जुत्दै विभिन्न संघ/संस्थामा आबद्द छ्न् । उनको जन्म विं स. २०५९ साल पुस २३ गते आफ्नो स्थायी घरमा भएको थियो । उनी अझै १८ वर्षका पनि भएका छैनन्, न त उनी आज सम्मको लागि चुनाव भोट दिन नै पाउन्छन न त परिपक्क नागरिकको संज्ञा नै पाउन्छन । उनी पुर्व निम्न वर्ग र मौजुदा मध्यम वर्ग, सामान्य , सानो र अनुशासित परिवारको कान्छो सदस्य हुन् ।

उनी आफ्नो माध्यमिक स्तरको अध्यान सरकारी विद्यालय श्री धौराली मा.वि अर्घाखाँची बाट गरे । त्यो अवधिमा उनी प्रत्येक कक्षामा प्रथम स्थान हासिल गर्दै प्रत्येक वर्ष प्रथम पुरस्कारले पुरस्कृत भए । त्यति मात्र होइन पाठ्यवस्तुमा उत्कृष्टको साथमा विभिन्न अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्थे । हाजिरी जवाफ,वक्तृत्वकला प्रतियोगिता, निबन्ध लेखन इत्यादि अतिरिक्त क्रियाकलापमा स्रोतकेन्द्र स्तरिय या त विद्यालय स्तरीय प्रतिस्पर्धामा पुरस्कार बिना रित्तै फर्किनु परेन । उनी २०७३/०७४ साल तिर मैदान श्रोत केन्द्रमा वक्तृत्वकला तथा निबन्ध लेखनमा सर्वोकृष्ट थिए । त्यो समयमा उनी आफू नै संयोजक भै विद्यालय स्तरीय सरसफाइ अभियान लागू गरेका पनि थिए, त्यति मात्र नभै बालक्लव जस्ता विद्यालयका विभिन्न समितिको पदमा थिए अतिरिक्त कार्यक्रम कुनै पनि छुटाउदैनथे । उनी आफुले १४ वर्षको उमेरमा राजनीति बुजेको र आस्था लिएको बताउन्छन् ।

उनी नेपाली काङ्ग्रेस तथा त्यसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघमा आस्था राख्थे । आस्था राख्ने मात्र नभै सम्बन्धित कार्यक्रममा समेत सहभागी हुन्थे, मन्तव्य पनि दिन्थे । त्यहि समयमा उनी कुम्भ रासिको मान्छे भएकाले र कुम्भ रासी हुनेहरु भावुक प्रकृतिका हुने हुदा आफुलाइ पनि आफू त्यस्तै लाग्ने कारण आफुले आफ्नो नाम नारायण घिमिरे´ को पछाडी उपनाम भावुक´ राख्ने निर्णय गरे । सुरुवातमा कक्षा ९ मा बटन वाला फोन बाट परिवार बाट गोप्य राख्नको लागि खुर्सानी कान्छो नामक खाता बाट सामाजिक सन्जालमा सहभागी भएका उनले तरकारी फलफुलको बिक्री समेत गर्थे,उनी यसरी बजारमा कृषक तथा कच्चा पदार्थ खुद्रा विक्रेताका रुपमा पनि चिनिन्थे। विद्धालयमा उनले वार्षिकोत्सब जस्ता कार्यक्रममा मन्तव्य छुट्दैनथ्यो ।

अन्ततः माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) को परिक्षामा आफ्नो विद्धालय बाट प्रथम भएर उत्तीर्ण भए, राजनीतिमा बढी सकृयता देखाउने उनी कक्षा ११ मा अध्यानको लागि छिमेकी जिल्ला पाल्पाको तानसेनको सरकारी विद्यालय जनता मा.वि (जेभिटी) मा विज्ञान शिक्षा सङ्कायमा भर्ना भए । उनी जेहेन्दार छात्रवृत्ति तर्फ मासिक अर्ध शुल्कमा अध्यन गर्ने अवसर पाए । उनी विद्यालयले प्रदान गर्ने जेहन्दार छात्रवृत्तिमा पनि छुट्दैनथे । अनेकौ क्षमता वान् र प्रष्ट पोस्ट गर्ने उनको सामाजिक संजालको नाम नारायण घिमिरे भावुक सँग सामाजिक सन्जाल द्वारा धेरै चिन्जान भयो । बिस्तारै उनी पाठक प्रतिक्रियाको रुपमा पत्रीकाहरु द्वारा खै त चुनावी घोषणा पत्रका प्रतिवद्दता ?´ शिर्षकमा देखिए । यसबाट आफुलाइ धेरै प्रेरणा मिलेको उनले बताउन्छन । बिस्तारै उनले पाल्पामा राजनीतिज्ञ सँग चिन्जान गर्न थाले साथै उनलाइ भावुक भनेर धेरै चिन्ने गरिन्छ ।

कक्षा १२ मा १७ वर्षको नपुग्दै नेपाल विद्यार्थी संघ पाल्पा जिल्ला सदस्यमा रिक्त पदमा मनोनित भएका उनी ०७६ भदौको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र आफ्नो संयोजकत्वमा भएको उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम तथा इकाई अधिवेशनबाट नेपाल विद्यार्थी संघ जेभिटी इकाई अध्यक्ष भए । घिमिरेलाई नेपाल स्वयंसेवक संघ पाल्पा जिल्ला सचिवको पद समेत नेपाल स्वयंसेवक संघका संस्थापकले दिए । त्यसै गरि नेपाल युवा संगठन पाल्पा जिल्ला सचिवमा समेत मनोनित भए । यसरी उनी विद्यमान नेविसंघ पाल्पा जिल्लाको सदस्य , आफ्नो विद्यालयको नेविसंघ अध्यक्ष , नेपाल स्वयंसेवक संघको जिल्ला सचिव र नेपाल युवा संगठन पाल्पा जिल्ला सचिवको जिम्मेवारीमा रहेका छ्न । ।राजनीति सकृय भावुकले नेविसंघ जेभिटिको अध्यक्ष भएको एक साता नहुदै आफ्नो सभापतित्वमा अन्तर मावी स्तरिय वक्तृत्त्वकला प्रतियोगिता गराए । उन्ले भने `आफू कार्यक्रमको सभापति भै प्रदान गरिने प्रमाणपत्रको तल आफुले हस्ताक्षर गर्दा मलाई गर्व लाग्यो´ । उनले यती मात्र होइन अहिले उनी कविता लेख्ने कविको रुपमा नि चिनिन्छन् उन्ले लेखेको प्रथम मेरो देश´नामक कविता सामाजिक संजालमा अत्यधिक सेयर तथा,पत्रपत्रिकामा समेत प्रकाशित भएको थियो । मेरो देश,संविधानको अपमान नगर, म राष्ट्र प्रेमी भावुक हु जस्ता कविता र संघीयता सम्बन्धि लेख पत्रपत्रिकामा प्रकाशित भएका छ्न । साथै २०७७ सालको जेष्ठ १५ गतेको दिन गणतन्त्र दिवसको अवसरमा उनले लेखेको लेख नवजनचेतना दैनिक पत्रीका लगायतका दर्जन भन्दा बढी अन्लाईन पोस्टमा सार्वजनिक भएको थियो । अहिले उनले गरेका सामाजिक संजाल(फेसबुक)का पोस्टहरु, उनको सानो उमेरको क्षमता , शैक्षिक ,समाजसेवा तथा राजनैतिक क्षेत्रको सकृयता,कविता तथा लेखन शैलिको चर्चा जतासुकै सुनिन्छ ।

उनको आफ्नो `नारायण घिमिरे `भावुक´ नामक व्याक्तिगत फेसबुक पेजमा पनि दस हजार भन्दा बढिले मन पराएको जो कोहिले प्रष्ट देखिन्छ । उनी राजनीति तर्फ नेविसंघमा अत्यन्तै सक्रिय छ्न्, जबकी उनको घर परिवार बाट कुनै राजनीति सहयोग त परैको कुरा उनको उनी राजनीति तर्फ नेविसंघमा अत्यन्तै सक्रिय छ्न्, जबकी उनको घर परिवार बाट कुनै राजनीति सहयोग त परैको कुरा उनको घरमा नै विपक्षी दलका शिर्ष पदिय अभिभावक भएकाले राजनितिको लागि गाह्रो भएको समाजमा समेत प्रष्ट छ ।

भावुकको यो जिवनी बाट उनको उमेरका विद्यार्थीहरुले सिक्नु पर्ने कुराहरु धेरै देखिन्छ्न् । सामाजिक संजालको प्रयोग कसरी गर्ने, आफ्नो मनमा भएको सकारात्मक इच्छालाई अरुको हतुउत्साहित बाट मात्र त्यो इच्छा असफल बन्दैन, समयको व्यावस्थापन गरेमा धेरै तर्फ अघि बढ्न सकिन्छ, यदि आफुमा सकारात्मक कुराको क्षमता परिपक्क छ भने उमेरले रोकिदैन, फुर्सदको समयमा लेखन प्रयास गर्ने सकिने जस्ता थुप्रै उदाहरणहरु छ्न् । उनले भन्छन `तपाईं सकारात्मक आट लिनुहोस् त्यस भन्दा पहिल्ला साहस जम्मा गर्नुहोस् भगवानले पूरा नगर्दिने केही छैन, तर तपाईंको संघर्षले भगवान प्रसङ्ग हुनुपर्छ । तपाईं कल्पना गर्नुहोस् मन्डेलाको भनाइ – म हार्दै हार्दिन कि त जित्छु कि त सिक्छु ।´ उनको अन्तिम लक्ष्य समाजसेवा हो ।



प्रतिक्रिया दिनुहोस्