Logo

कोरोनाको कारणले कसैको पनि मर्ने स्थिति हुँदैन, उपचारको जिम्मा सरकारले लिन्छ : मेयर शाक्य (भिडिओसहित)



काठमाडौं, ६ भदौ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवधिमा महानगरभित्र कोहीपनि भोकै बस्न नपर्ने भन्दै दैनिक ज्यालादारी र मजदुरी गर्नेहरुलाई निःशुल्क खानाको व्यवस्था गरिने स्पष्ट पारेका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै नागरिकको उपचारको जिम्मा सरकारले लिने भन्दै कोरोनाको कारण कसैकोपनि मर्ने स्थिति नहुने जिकिर गरे । उनले भने,’सबैको उपचार सरकारले गर्छ । यो ढुक्कसाथ भन्छु । सरकारले काम गरिरहेका छन् । महानगरको हकमा सबै खुशी छन् ।’ उनले कोरोना संक्रमितहरु सबैले उपचार पाएको पनि दाबी गरे । आफूसँग भएको डेटाअनुसार काठमाडौंमा कोरोना संक्रमितहरु ९ जनाको निधन भएको शाक्यको दाबी थियो । तर, उनीहरुको मृत्युपछि स्वाब लिएर परीक्षण गरिएको उनले जनाए । निधन भएकाहरु कोरोनाकै कारण हो वा होईन भन्ने नसकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्